Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


प्रधानमन्त्री ओलीको ह्विप: एमाले मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन


47k
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनमा घुसपैठ भएको भन्दै एमालेबाट मन्त्री भएकालाई पदबाट राजीनामा नदिन ह्विप जारी गरेका छन्।

प्रधानमन्त्री ओलीले’ ‘आत्तिनु पर्दैन, छानबिन समिति बनिसकेको छ,’ भन्दै मन्त्रीहरूलाई पदमा रहन निर्देशन दिएका हुन्। उनले कांग्रेस र अन्य दलका गतिविधिले प्रभाव पार्न नदिने बताएका छन्।

एमालेका एक मन्त्रीका अनुसार हालसम्म एमालेका कुनै पनि मन्त्रीले राजीनामा दिने तयारी गरेका छैनन्। तर कांग्रेसबाट गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा बुझाइसकेका छन् भने मंगलबार कृषिमन्त्री रामनाथ अधिकारीले पनि पद त्याग गरेका छन्। स्वास्थ्यमन्त्री प्रदीप पौडेल र पर्यटनमन्त्री बद्री पाण्डेले पनि चाँडै राजीनामा दिने चर्चा छ।