Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिने तयारी


1.9k
Shares

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।

उनले ‘यस्तो परिस्थितिमा सरकारमा बस्न सकिँदैन’ भन्दै पद त्याग्ने बताएका हुन्। यसअघि कांग्रेसकै कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन्।

कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका छन्।