Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रचण्डको निवासमा तोडफोड, सञ्चारमन्त्रीको घरमा आगजनी


8.3k
Shares

काठमाडौं । ललितपुरमा प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ ‘प्रचण्ड’को निवासमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन्। समूहले प्रचण्ड निवास पुग्नुअघि नजिकैको प्रहरी बिटमा आगजनी गरेका थिए।

यस्तै, ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरिएको छ। हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आज बिहानै आगो लगाइएको हो।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार आन्दोलनको प्रभाव गाउँ तथा भित्री सडकसम्म पुगेको छ। “ललितपुर बिहानैदेखि अशान्त छ,” उनले भने। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ।

Skip This