Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामाको माग


2.2k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ।

मंगलबार जारी विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको भन्दै सरकार लोकतन्त्रको हत्या गर्ने अवस्थामा पुगेको आरोप लगाइएको छ।

विज्ञप्तिमा आन्दोलनमा भएको बर्बर दमनको कडा निन्दा गर्दै प्रधानमन्त्रीले नै यसको पूर्ण जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने माग गरिएको छ। साथै, आन्दोलनलाई हिंसात्मक बनाउन खोज्ने जो-कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ।

यसैबीच, भदौ २४ गते माइतीघर मण्डलामा हुने भनिएको ‘विद्यार्थीमैत्री शिक्षा ऐन’को मागसहितको प्रदर्शन हाललाई स्थगन गरिएको नेविसंघले जनाएको छ।

Skip This