Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी


1.274k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बालकुमारीदेखि कोटेश्वर, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी हुँदै बल्खु र बागमती नदी पुलसम्मको सम्पूर्ण चक्रपथभित्र कर्फ्यु लागु गरिएको हो ।

यसअघि हिजोको प्रदर्शनपछिको कर्फ्यु आज बिहान ५ बजे सकिएको थियो । त्यसपछि फेरि कर्फ्यु पुनः जारी गरिएको हो ।

कर्फ्यु अवधिमा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका गतिविधि, आवागमन, सभा र प्रदर्शनमा रोक लगाइएको छ । हिजो सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो ।