
काठमाडौं । सुनसरीको इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको परिचय खुलेको छ ।
इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।
उनका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्