Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


संसद् भवन घेरे जेनजीले, प्रहरीले हान्यो अश्रुग्याँस


728
Shares

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारीहरू नयाँ बानेश्वरस्थित संसद् भवनसम्म पुगेका छन्।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै संसद् भवनतर्फ अघि बढेका थिए। निषेधित क्षेत्र पार गरेपछि प्रहरीले उनीहरूमाथि पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो।

तर, ती अवरोध पार गर्दै प्रदर्शनकारी संसद् भवनको गेटसम्म पुग्न सफल भएका छन्। उनीहरुले भवनभित्र बोतललगायत प्रहार गरिरहेका छन् ।