
काठमाडौं। सरकारल सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णयको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको छ ।
साेमबार स्कुल ड्रेस र किताबसहित जेनजीहरु माइतीघर मण्डलामा जम्मा भएका हुन् । नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।
नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो ।
सन् १९९७ देखि २०१२ जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ । काठमाडौंमा बृहत् प्रदर्शनको तयारीमा रहेका जेनजी पुस्ता अहिले माइतीघर मण्डलामा जुटेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरु सडकमै नाचगान गरेर शान्तिपूर्ण विरोधमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्