Logo २३ भाद्र २०८२, सोमबार | Mon Sep 8 2025


बागमतीसहित ३ प्रदेशमा राति भारी वर्षाको सम्भावना


65
Shares

काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू-भागमा पर्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे । त्यस्तै, आइतबार भने दिउँसो देशका पहाडी भागमा साधारणतया बदली हुने भएकाे छ । बाँकी भू-भागमा भने आंशिक बदली हुने भएकाे हाे।

देशका पहाडी र बाँकी भू-भागका केही स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेकाे हाे। कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यसैगरी, आइतबार राति भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली हुने भएकाे हाे । बाँकी भू-भागमा आंशिक बदली हुने भएकाे छ। साथै कोशी , बागमती, गण्डकी प्रदेश र बाँकी पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।