२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


भाेलि खग्रास चन्द्रग्रहण लाग्ने, साढे तीन घण्टा देखिने


11.661k
Shares

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार (भदौ २२) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

भदौ २२ मा देखिँदै छ ‘मकै चन्द्र ग्रहण’, कहाँबाट कसरी हेर्ने ? ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।