२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


इन्द्रजात्रामा मेयर बालेनले गरे राष्ट्रपति पौडेललाई स्वागत


4.537k
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यस वर्षको इन्द्रजात्रा कार्यक्रममा सक्रिय देखिएर बसन्तपुर पुगेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत आफैं गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका क्रममा भने मेयर अनुपस्थित रहेका छन् । त्यसबेला प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले स्वागत गरेका थिए ।

उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरू सहभागी हुने परम्परा छ । आयोजकको हैसियतले काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरले उनीहरूको स्वागत गर्ने परम्परा रहे पनि यसपालि मेयर शाहले राष्ट्रपति मात्र स्वागत गरेर ओलीलाई पन्छाएका छन् ।