Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


धादिङमा बस र ट्याङ्कर ठोक्किँदा १३ जना घाइते


182
Shares

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित बादरेमोडमा बस र ट्याङ्कर ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना ४ ख २८९४ नम्बरको बस र बीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख ३१३३ नम्बरको पेट्रोल ट्याङ्कर एकआपसमा ठोक्किएका हुन्।

धादिङ यातायात समितिको बसमा ६० जना यात्रु सवार थिए। घाइतेमध्ये १३ जनालाई उपचारका लागि मलेखुस्थित राजमार्ग अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेहरू सबै बेनिघाट रोराङ गाउँपालिका–२ का बासिन्दा हुन्।

घाइतेमा सरिता चेपाङ (२०), हरिबहादुर चेपाङ (४५), होमबहादुर चेपाङ (६०), अप्सरा चेपाङ (२०), मनिषा परियार (१३), नवीन चेपाङ (१२), रञ्जित चेपाङ (१३), फुलमाया चेपाङ (६८), बिष्णु चेपाङ (४९), कल्पना चेपाङ (२८), तारा बानिया (४०), संगिता चेपाङ (३६) र अजय चेपाङ (१०) रहेका छन्।

बस चालक जीवन राना (३१), कैलाश गाउँपालिका–२, मकवानपुर र ट्याङ्कर चालक बुद्ध थोकर (३५), थाक्रे गाउँपालिका–५, धादिङ प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This