Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


पूर्वाधार तयार हुँदा पनि राष्ट्रिय खेलकुद रोकियोः प्रचण्ड


39
Shares

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सुर्खेत रंगशाला तयार भएपनि नयाँ सरकार आएपछि त्यसको आयोजना हुनबाट रोकेको आरोप लगाउनुभएको छ ।

कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको अडिटोरियम हलमा आज भएको अखिल नेपाल खेलकुद महासंघको चौथो राट्रिय सम्मेलनको अवसरमा अध्यक्ष दाहालले रंगशाला तयार भएको अवस्थामा नयाँ सरकार आउने बित्तिकै राष्ट्रिय खेलकुदको आयोजना हुन नदिएको बताउनुभएको हो । माओवादीबाट आएका व्यक्ति खेलकुदमा रहेसम्म राष्ट्रिय खेलकुद गर्नु हुँदैन भन्ने धारणा हुँदा राष्ट्रिय खेलकुद आयोजना हुन नसकेको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले सम्भव भएसम्म राष्ट्रिय खेलकुद नै आयोजना नगर्ने नीति लिएको प्रष्ट देखिएको पनि उहाँले बताउनु भयो । त्यसको विरुद्ध अखिल नेपाल खेलकुद महासंघले यो खराब विषयमा आक्रामक तरिकाले हस्तक्षेप गर्न अपिल गर्नुभयो । उहाँले माओवादीका केन्द्रका व्यक्ति खेलकुद क्षेत्रमा हुँदा खेलमा धेरै विकास गरे पनि त्यसलाई प्रभावित गर्ने काम भएको आरोप लगाउनु भयो ।

उद्घाटनको अवसरमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले दशौं राष्ट्रिय खेलकुद आयोजना हुनुपर्ने अवस्थामा सरकारले त्यसमा ध्यान नदिएको आराेप लगाउनुभयाे । गत वर्ष नै हुनुपर्ने राष्ट्रिय खेलकुद अहिलेसम्म नहुनले माओवादी केन्द्रको नेतृत्व अपरिहार्य देखिन थालेको दावी गर्नुभयो । खेलकुदमा धेरै सम्भावना रहे पनि देशका नेतृत्व सही नहुँदा खेलकुद क्षेत्रले दुःख पाएको उहाँको भनाइ छ । सम्मेलनले महासंघको नयाँ केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

Skip This