२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


‘एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी छ, म तपाईकै साथमा छु’: पूर्वराष्ट्रपति भण्डारी(भिडियाेसहित)

एमालेले विधान महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गराएको भण्डारीकाे गुनासाे

429
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक र सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिनुभएकाे छ ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि शुरु भएको एमालेकाे दोश्रो विधान महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले आफूले पठाएको शुभकामान सन्देश पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गर्नुभएकाे हाे । एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो ।

बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेसनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो । पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि संचारकर्मीमार्फत भिडियो सन्देश दिंदै भण्डारीले प्रतिनिधिहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभएकाे छ।

एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरुको उपयुक्त सुझाव र सल्लाह पाउने समेत पूर्वराष्ट्रपति भण्डारीले आशा व्यक्त गर्नुभयो ।