२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


सामाजिक सञ्जाल कानून बमोजिम सञ्चालन हुनुपर्छ: उपसभापति गुरूङ


325
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल कानूनबमोजिम सञ्चालन हुनुपर्ने बताउनुभएकाे छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उपसभापति गुरूङले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफू कानूनमन्त्री भएकै समयमा नेपालमा टिकटक बन्द भएको समेत स्मरण समेत गर्नुभयाे ।

दर्ता भएपछि पुनः सञ्चालनमा आएकाे बताउदै उहाँले एउटा चिया पसल दर्ता हुनुपर्ने र विश्वभरी चल्ने सामाजिक सञ्जाल दर्ता नभए पनि चल्ने यो हुन नसक्ने तर्क समेत गर्नुभयाे । सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

सामाजिक सञ्जालको बारेमा लिएर भएका तर्क वितर्क भन्दा पनि के गर्दा मुलुकलाई राम्रो हुन्छ त्यहीं अनुसार अगाडि बढ्नुपर्ने उपसभापति गुरूङकाे तर्क थियाे ।