Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उपाध्यक्ष बादल, एमालेभित्र मतभेद तीव्र


10.4k
Shares

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा (बादल) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन्।

विधान महाधिवेशनको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकमा बादलले पार्टी निर्णय सच्याउनुपर्ने धारणा राख्दै भण्डारीलाई राजनीतिमा रोक लगाउने निर्णयप्रति असहमति जनाए।

उनले संविधानमा स्पष्ट व्यवस्था नभएको भन्दै भण्डारीको इच्छालाई अन्यथा नलिनुपर्ने बताए। यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा सचिवहरू गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि यस्तै धारणा राख्दै निर्णयको विरोध गरेका थिए।

अब भण्डारीको पक्षमा चार उपाध्यक्ष र दुई सचिवसहित छ जना शीर्ष पदाधिकारी उभिएका छन्। विधान महाधिवेशनमा यस विषयमा व्यापक छलफल हुने देखिएको छ।

Skip This