Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


राति अबेर कुकरमा सिट्ठी लगाउन नपाइने


6.2k
Shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी’ अभियान सुरु गर्दै ठूलो आवाज आउने गतिविधिहरुमा रोक लगाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना जारी गर्दै, ध्वनि प्रदूषणले गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्ने जनाइएको छ।

प्रहरीले राति अनावश्यक रूपमा चर्को आवाज नगर्न, अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्न, टिभी वा म्युजिक सिस्टम खोलेर नसुत्न, ढोकाको बेल नबजाउन र बिहान खोक्ने-खकार्ने नगर्न अनुरोध गरेको छ।

ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न पनि सुझाव दिँदै, अशान्ति फैलाउने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको प्रहरीको भनाइ छ। यदि कोहीले यस्तो अशान्तिपूर्ण व्यवहार गरेमा प्रहरी नम्बर १०० वा १०३ मा जानकारी दिन सकिने बताइएको छ।