१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड (भिडियाेसहित)


247
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तनहुँको बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राज्य र अन्य विकासप्रेमीको साथ लिएर बन्दीपुरको भविष्यलाई उज्याले बनाउन उहाँले बन्दीपुरवासीलाई आग्रह गर्नुभयो । बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण रहेको उल्लेख गर्दै उहाँले हाल बन्दीपुर पुनःजीवित भएको बताउनुभएको छ ।

फुलेफक्रेको बन्दीपुर एक समयमा ओइलाएको बताउदै उहाँले बन्दीपुरले पर्यटन र संस्कृतिको क्षेत्रबाट पर्वतीय पर्यटनमा ठूलो योगदान दिएको बताउनुभयो । बन्दीपुरसँग भएको क्षमता र सम्भावनाको भने भरपुर उपयोग हुन नसकेको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले बन्दीपुरले मानिसलाई तानेर र बाँधेर राख्ने क्षमता राख्ने बताउनुभयो । बन्दीपुरको सामथ्र्यलाई अत्याधिक रुपमा उद्घाटित गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।