Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दुर्गेश थापा डेनीम नेशनका ब्रान्ड एम्बेस्डर


507
Shares

काठमाडौं ।

लोकप्रिय गायक दुर्गेश थापा अब नेपाली कपडा ब्रान्ड डेनीम नेशनसँग आधिकारिक रूपमा जोडिएका छन्। हालै सम्पन्न एक विशेष कार्यक्रममार्फत थापा र डेनीम नेशनबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

गायक थापाले डेनीम नेशनलाई नेपाली तथा विदेशी ब्रान्डहरूको भिडमा पनि फरक पहिचान बनाउन सफल भएको भन्दै प्रशंसा गरे। आफू पहिलेदेखि नै उक्त ब्रान्डका नियमित प्रयोगकर्ता भएको उल्लेख गर्दै उनले उत्साहित हुँदै भने, “अब नेपाली बजारमा ३डी – दुश्मन, दुर्गेश र डेनीम नेशन आयो है।”

ब्रान्डका अध्यक्ष सुशिल वेलबासेले डेनीम नेशनको यात्रा चुनौतीपूर्ण रहे पनि गुणस्तरमा कुनै सम्झौता नगरेकाले आज यो नाम स्थापित भएको बताए। दुर्गेश थापा जस्तो चर्चित व्यक्तित्वलाई ब्रान्ड एम्बेस्डर बनाउन पाउनु गौरवको विषय भएको बताएका छन् ।

कार्यक्रममा गायक थापाको क्रिएटिभ टिम र डेनीम नेशनबीच औपचारिक सहकार्यको घोषणा पनि गरिएको थियो। समझदारीअनुसार, डेनीम नेशनलाई नेपालकै नम्बर १ ब्रान्ड बनाउने र अन्तर्राष्ट्रिय बजारमा समेत यसको उपस्थिति बलियो बनाउने लक्ष्य लिइएको छ।

यो सहकार्यले नेपाली संगीत र फेसन उद्योग दुबैलाई अगाडि बढाउने विश्वास गरिएको छ। थापाको लोकप्रियता र ब्रान्डको गुणस्तरले मिलेर डेनीम नेशनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Skip This