
काठमाडौं । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएकाे छन् ।
काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।
बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्