Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई महासचिवको पोखरेलको निर्देशन


325
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिलाई उहाँले सचेत गराउनुभयो ।

अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताउनुभएको छ। पार्टीको नीति अनुसार जनमत तयार गर्न सक्दा मुलुकमा राजनीतिक अस्थिरताको सबै भन्दा ठूलो समस्या अझै पनि रहेकाले त्यसलाई अन्त्य गर्नेगरी पार्टी कामलाई तल्लो तहसम्म पुर्याउन आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।

वडालाई पार्टी कामको केन्द्र बिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न सकिने उहाँको भनाइ छ । एमालेको नीतिलाई राष्ट्रिय नीतिको रुपमा अघि बढाउने सामथ्र्य विकास हुने गरी पार्टी काममा लाग्नुपर्ने समेत उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले एमाले एमालेले जबजको नीति लिएको र त्यसलाई सामयिक बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।