
काठमाडौं । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
से १ ज ७३८ नम्बरको जिप ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गर्दा करिब पाँच सय मिटर तल जंगलमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए।
मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा कम्तीमा पनि चार जना घाइते भएको अनुमान गरिएको छ भने उनीहरूको उद्धार गरी डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटना बिहान सवा ९ बजेतिर भएको अनुमान गरिएको छ। घटनाको थप विवरण संकलन भइरहेको प्रहरी निरीक्षक विष्टले बताए।
प्रतिक्रिया दिनुहोस्