
काठमाडौं ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।
बिहिबार बिहान पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बाटो खुले पनि सडकमा सवारी साधनको चाप छ । ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्