
काठमाडौं ।
दोलखामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापति, भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत, र बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय श्याम बहादुर खत्री ‘सुजन’ को मृत्यु भएको हो।
घटना मंगलबार राति करिब ९ बजे लामोसाँघु–जिरी सडक खण्डमा भएको हो। काठमाडौँबाट चरिकोटतर्फ जाँदै गरेको शिरिष बस्नेतले चलाएको बा.५३ प ८८९९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि चरिकोटस्थित च्छो रोल्पा अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ।
दोस्रो मोटरसाइकलका चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्