८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


राष्ट्रपति पौडेलसँग विपिनकी आमा र बहिनीले भेटे


325
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपीन जोशीकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले भेटवार्ता गरेका छन्।

इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपीनकी आमा र बहिनी इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर केही दिन अघि मात्रै स्वदेश फर्किएका थिए। विपीनकी आमा र बहिनीले इजरायलमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको बताउदै सोही यो विषय अन्तर्राष्ट्रियस्तरमा समेत पुगेको बताएका छन् ।

उनीहरूले विपीनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरेका थिए। आमा पदमाले आफ्नो छोरो विपीन निर्दोष विद्यार्थी भएको र मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

सोही भेटामा अवसरमा राष्ट्रपति पौडेलले विपीनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताउनुभयो ।