
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार १८ अंकले घटेको छ ।
नेप्से ० दशमलव ६५ प्रतिशतले घटेर परिसूचक २ हजार ७ सय ३९ दशमलव ९५ विन्दुमा पुगेको हो । नेप्से घट्दा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको १ करोड ४० लाख ९ हजार ७ सय ८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
बजार बन्द हुँदा ४१ वटा कम्पनीको शेयर मूल्य बढेको हो । २ सय ८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । दिनभरीमा ३ सय २३ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार १ सय ५ पटक शेयर किनबेच भएको हो ।
१३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन बाहेक सबै समूह घटेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्