Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


जनार्दन शर्माको पार्टी अध्यक्ष दाहालप्रति टिप्पणी: ‘शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिंदैन’


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गर्नुभएको छ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको दावी गर्नुभउको छ । शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न अध्यक्ष दाहाललाई चेतावनी दिनुभयो । विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसकेको उहाँको भनाइ छ ।

उपमहासचिव शर्माले पृथ्वी कसैले छोड्दैमा नढल्ने उहाँको टिप्पणी थियाे ।