५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


949
Shares

काठमाडौं ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन कमजोर रहको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

बागमतीका पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।