२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प, २९ जना घाइते


65
Shares

एजेन्सी ।

इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आइतबार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ ।

मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले स्थानीय समयअनुसार बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तर पश्चिममा १० किलोमिटर गहिराइमा जमिनमा रहेको थियो ।

पोसो पेसिसिर जिल्लामा शक्तिशाली भूकम्प महसुस गरिएको थियो ।