काठमाडौं ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–८ मा सवारी दुर्घटना हुँदा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ बाप्र०६–००१ क ०४४४ नं को मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठाेक्किएर दुर्घटना भएकाे हाे ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय राजकुमार बोहोराको मृत्यु भएको हो । मृतक बोहोरा ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
सोही दुर्घटनामा परी ३२ वर्षीय जितबहादुर महतो गम्भीर घाइते भएका छन् । महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुर दरबन्दी रही हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेको बताइएकाे छ ।
प्रहरीका अनुसार, दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा बोहोराको उपचारको क्रममा मृत्यु भएको र जितबहादुरलाई थप उपचारका लागि चितवन लगिएको छ ।





प्रतिक्रिया दिनुहोस्