
मुग्लिन ।
नारायगगढ सडकखण्डमा गुडिरहेको ट्रकमाथिबाट ढुङ्गा खसेल लाग्दा ट्रकमा रहेका तीन जना घाइते भएका छन् ।
बिहीबार तुइनखोला नजिक चितवनतर्फ गईरहेको भारतीय ट्रकमाथि ठूलो ढुंगा खसेको हो । घाइते हुनेमा ट्रकका चालक भारत, बैंगलोरका मेगु प्रसाद, उनका छोरा सयद अफिद र सोही ठाउँका नहमान धुनियाँ रहेको चितवन प्रहरी कार्यलयले जानकारी दिएको छ ।
उनीकहरु मध्ये चालक मेगुप्रसादको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते तीनै जनाको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको ट्रकलाई सडकमा साइड लगाएर सवारी आवागमन सुचारु गरिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्