२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


बुहारीको पीडा, छोरीको वेदनामा विष्णु माझीको तीज गीत सार्वजनिक (भिडियोसहित)


6.448k
Shares

काठमाडौं ।
गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको यस गीतमा छोरीमाथिको विभेद, पितृसत्तात्मक सोच र बुहारीका पीडालाई मुख्य विषयवस्तु बनाइएको छ।

गीतमा विष्णु माझीको स्वर, सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ। ‘तिम्रै छोरो राम्रो म त नराम्रो’ भन्ने व्यंग्यात्मक शैलीबाट सुरु भएको गीतले महिलालाई घरका सबै जिम्मेवारी बोकाउने सामाजिक सोचको विरोध गरेको छ।

गीतले बच्चैदेखि बुहारीको भूमिकासम्मको मनोवैज्ञानिक पीडा, महिलालाई चुलोचौकामा मात्र सीमित गर्ने सोच, र हरेक दोषको भागिदार बनाइने अवस्थाबारे यथार्थ चित्रण गरेको छ। जन्मघरदेखि श्रीमानको घरसम्म फैलिएको विभेद र त्यसबाट मुक्तिको आशा गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा ललिता पौडेलको अभिनय, सम्भु चालिसेको सिनेमाटोग्राफी, प्रवीण भट्टको सम्पादन, मौसम हिमालीको कोरियोग्राफी तथा सुन्दरमणि अधिकारीकै निर्देशन रहेको छ। चर