२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुबस र ट्रक ठोक्किँदा ७ बालबालिकासहित १० जनाको मृत्यु


416
Shares

काठमाडौं ।

राजस्थानको दौसामा खाटुश्याम मन्दिरबाट यात्रु लिएर फर्किएको बस ट्रकसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।

मृतकमध्ये सात महिला र तीन बालबालिका छन् । गम्भीर घाइतेमध्ये आठ जनालाई जयपुरको एसएमएस अस्पतालमा पुर्‍याइएकामा तीमध्ये पाँच जनालाई आईसीयूमा भर्ना गरिएको छ ।

दुर्घटना खाटु श्याम मन्दिरबाट फर्कने क्रममा आझ बिहान करिब ३ बजे भएको हो । पिकअप र ट्रेलर ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गम्भीर घाइते पनि रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतकहरू भारतको उत्तर प्रदेशको एटाका बासिन्दा भएको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।