२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


अमेरिकी डलरको भाउ बढ्यो, अरु विदेशी मुद्राको विनिमय दर कति छ ?


1.352k
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य केही वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा कायम भएको छ। मंगलबार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा थियो।

युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।