२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


कृषि क्षेत्रलाई दिगो र जलवायु सहनशिल बनाउन आवश्यकः सभापति थापा


169
Shares

काठमाडाैं ।

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक रहेको बताइन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले त्यसका लागि तीन आधारस्तम्भहरुः राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘नवप्रवर्तन र शिक्षाको उपयोग गरी कृषि क्षेत्रमा दीर्घकालीन सुदृढता कायम राख्न नवप्रवद्र्धन र शिक्षा अनिवार्य छ । हाल ग्रामिण क्षेत्रमध्ये पाँच प्रतिशत भन्दा कमले मात्रै औपचारिक कृषि तालिम पाएका छन् । यद्यपि युवा बेरोजगारी दर १९ प्रतिशत भन्दा माथि छ । यसले गर्दा हामीले केही कार्यहरुमा थप प्राथमिकता दिनुपर्नेछ ।

कृषि पाठ्यक्रममा जलवायु सहनशिलता र उद्यमशिलता सम्बन्धी विषय समावेश, सफल नवप्रवर्तनको विस्तार जस्तैः सय भन्दा बढी सामुदायिक बीउ बैंकहरु । जसले स्वदेशी जाति संरक्षण गरेका छन् । सौर्य सिंचाई प्रणाली छ, जसले परीक्षण क्षेत्रमा उत्पादन क्षमता २० प्रतिशतसम्म बढाएको छ । यस्त नविनतम कार्यको लागि थप सहयोग गर्नुपर्ने देखिन्छ ।

नेपालको कृषि क्षेत्रलाई दिगो, न्यायसंगत र जलवायु सहनशिल बनाउन आवश्यक तीन आधारस्तम्भहरु राजनीतिक इच्छाशक्ति, प्राविधिक दक्षता, सामुहिक सवमत्वि हुन् । यसलाई आधार बनाएर हामीले प्राथमिकताको आधारमा हाम्रो पारम्परिक खेती प्रणालीको विकास गर्नुपर्दछ ।’

सभापति थापाले नेपालको संसदले समावेशी र किसानमैत्री कानून निर्माणमा महत्वपूर्ण भुमिका खेलेको बताइन् । कृषिलाई पोषण र सार्वजनिक स्वास्थ्यसँग जोड्न आवश्यक रहेको बताइन्। अहिले पनि नेपालमा पाँच वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिने गरेको बताइन् ।