
काठमाडौं ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा बस र माइक्रोबस एकपासमा ठोक्किंदा तीन जनाको मृत्य भएको छ भने १५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किए दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार निधन हुनेको पहिचान खुलेको छैन । घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्