Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकता : सांसद गौतम


741
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट गर्नुपर्ने धारणा राख्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सांसद गौतमले पछिल्लो समय यातायातको दायरा धेरै ठूलो भइसकेको उल्लेख गर्दै सबै प्रकारका यातायात सेवालाई एउटै मन्त्रालयअन्तर्गत राख्नुपर्ने बताउनुभयो ।

सांसद गौतमले नागरिक उड्डयन प्राधिकरण छुट्टै सेवा प्रदायक र नियामकको भूमिकामा जाने प्रश्तावबारे प्रश्न उठाउँदै नियमन पक्ष कमजोर नहोस् भन्नेमा सचेत रहन आग्रह गर्नुभयो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले हवाई यातायातलाई थप प्रधावकारी भूमिका खेल्न विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्दै गम्भीरताका साथ अघि बढ्न जरुरी रहेको धारणा राखेका छन् ।