
web pic
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
जीपमा रहेका अन्य ६ जना घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिनुभयो ।
शनिबार बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब १०० मिटर तल भिरमा अड्किएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्