Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यक : मन्त्री सुडी


351
Shares

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानजनक र गुणस्तरीय बनाउनका लागि हालको सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुडीले सामाजिक सुरक्षा भत्ताको नाममा राज्यको खर्बौं रुपैयाँ खर्च भइरहेपनि सामाजिक सुरक्षा भत्ता वितरणको प्रणाली नै गलत रहेको बताउनुभयो । उहाँले खर्बपति व्यापारी विनोद चौधरीका आमाबुबालाई पनि सामाजिक सुरक्षा भत्ता दिनुपर्ने व्यवस्थाले सामाजिक सुरक्षाको समस्या समाधान हुन नसक्ने बताउनुभयो ।

मन्त्री सुडीले ज्येष्ठ नागरिकका समस्या स्वास्थ्य, कानून र अर्थ मन्त्रालयसँग समेत प्रत्यक्ष सम्बन्धित रहेको भन्दै मन्त्रालयहरूबीच समन्वय गरेर ऐन निर्माण गर्ने समेत बताउनुभयो ।