२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


घर-जग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्नुहुन्न : सांसद महत


1.82k
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताउनुभएको छ ।

बुधबार अर्थ समितिमा भएको आगामी मौद्रिक नीतिबारेको छलफलमा सांसद महतले घरजग्गामा अत्याधिक अनावश्यक किसिमले ज्यादा लगानी भएको बताउनुभयो । उहाँकाअनुसार अब पनि त्यस क्षेत्रमा कर्जा विस्तार गर्न दिइनु हुँदैन । बैंकहरुले ठूला उद्योगहरुलाई मात्रै कर्जा दिएर धेरै झमेला खेप्न नचाहेको बताउनुभयो । महतकाअनुसार कृषि विकास बैंकले हाइड्रो पावरमा लगानी गर्दैछ । कृषिमा अझै कर्जा पुग्न सकिरहेको छैन ।

सांसद महतका अनुसार व्यवसायीक रुपमा काम गर्न चाहनेलाई कर्जा दिने व्यवस्था आगामी नीतिले गर्नुपर्छ । उत्पादनमा आधारित कृषिलाई प्रोत्साहन गर्ने नीति र कर्पोरेट कल्चरको अभ्यास गराउनुपर्छ । सुपरभिजन कम भो, रेगुलेसन बढि भएको उहाँले बताउनुभयो ।