२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक : अध्यक्ष अग्रवाल


221
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा नेपाल उद्योग परिसंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले दिगो पूर्वाधार विकास समग्र आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो । सोही अवधारणालाई आत्मसाथ गर्दै सन् २०१४ देखि हरेक दुई वर्षमा पूर्वाधार सम्मेलन गर्दै आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष अग्रवालले सूचना प्रविधि क्षेत्र मुलुकको आर्थिक विकासको अभिन्न अंगको रुपमा तिब्र गतिमा अगाडि बढेको बताउनभयो । उद्योगहरुमा नियमित विद्युत आपूर्ति नभएको कारणले उत्पादन लागत समेत बढ्न नसकेको उहाँको गुनासो छ । एकातिर बैंकमा लगानीयोग्य रकम बढ्दै गएको र अर्कोतर्फ विगतमा नियामक निकायले लिएको नीतिका कारण लगानीकर्ता लगानी गर्न नसकिरहेको उल्लेख गर्नुभयो ।

सरकारले शुरु गरेको केही कानूनी एवं नीतिगत सुधार महत्वपूर्ण रहेको बताउनुभयो ।