
काठमाडौं । दुई खेलाडी चम्कँदा मच्छिन्द्र क्लवले जारी एन्फा यु-१६ युथ लिगमा मंगलवार शानदार जितसँगै दोस्रो सफलता आत्मसात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मच्छिन्द्रले आफ्नो दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडमाथि ७–० को रबाफिलो जित निकाल्यो । दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–२ कठिन जित निकाल्यो । जावलाखेलको जितमा विशाल शाहीले दुई तथा प्रिन्स भुजेलले एक गोल गरे ।
आर्मीका नीरज अधिकारी र सोहित वाइबाले समान एक गोल गरे । यता, मच्छिन्द्रलाई लगातार दोस्रो जित दिलाउन किरण धामी र सुमन बम ठकुरीले समान दुई गोल गरे । विकास थापा, राहुलकुमार योञ्जन र आर्यवीर सिंहले समान एक गोल थपे । यससँगै मच्छिन्द्रले लगातार दोस्रो खेलमा जित निकाल्दा प्लानिङले भने पहिलो हार सामना ग¥यो ।
पहिलो खेलमा मच्छिन्द्रले एपिएफ र प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई हराएको थियो । समान दुई खेलबाट मच्छिन्द्रले ६ अंक र प्लानिङ ब्वाइजले तीन अंक जोडेको छ । मच्छिन्द्रले पहिलो हाफमा नै ६ गोल गर्दै खेलमा पूर्ण नियन्त्रण राखेको हो । तर, दोस्रो हाफमा भने प्लानिङ समालियो र एक गोल मात्र सामना ग¥यो । त्यसअघि खेलको छैटौं मिनेटमा किरणको गोलबाट मच्छिन्द्रले अग्रता लिएको थियो । ६ मिनेटपछि किरणले नै टोलीको अग्रता दोब्बर बनाए ।
सुमनले १९औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । दुई मिनेटपछि नै विकासले गोल गर्दा मच्छिन्द्रको अग्रता ४–० मा पुग्यो । समुनले २४औं मिनेटमा व्यक्तिगत दोस्रो गरे ।
३३औं मिनेटमा राहुलले टोलीको छैटौं गोल गरे । यससँगै मच्छिन्द्रले पहिलो हाफमै ६–० को अग्रता लियो । दोस्रो हाफमा भने प्लानिङले आफ्नो रक्षापंक्तिमा सुधार ग¥यो । मच्छिन्द्रले अर्को गोल गर्न धेरै समय लगायो । उसले सातौं गोलका लागि भने खेलको अन्त्यसम्म कुर्नुप¥यो । इन्जुरी समयमा आर्यवीरले गोल गरेपछि मच्छिन्द्रले प्लानिङमाथि ७–० को जित निकाल्यो ।
दिनको पहिलो खेलमा आर्मी र जावलाखेलले पहिलो हाफमा बराबरी गर्ने अनुमान गरिएको थियो । तर, थप समयमा विशाल शाहीले गोल गर्दै अग्रता दिलाए । तर, दोस्रो हाफमा भने दुवै तर्पmबाट समान दुई गोल भयो । ६७औं प्रिन्स भुजेलले गोल गर्दै जावलाखेलको अग्रता बढाए ।
तर, आर्मीले दुई गोल फर्काउँदै खेलमा फर्किने संकेत ग¥यो । तीन मिनेटको अन्तरमा आर्मीले दुई गोल गरेको हो । ७०औं मिनेटमा नीरज अधिकारी र ७३औं मिनेटमा सोहित वाइबाले गोल गर्दै आर्मीलाई २–२ को बराबरीमा ल्याए । तर, ८१औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको लक्ष्य पूरा हुन दिएनन् । त्यसपछि दुवैतर्पmबाट थप गोल हुन सकेन र जावलाखेलमाथि ३–२ को जित निकालेको थियो । समान दुई खेलमा आर्मी र जावलाखेको समान एक जित र हार छ । पहिलो खेलमा आर्मी हिमालयन शेर्पालाई ३–१ ले हराउँदा जावलाखेलले भने संकटासँग ७–० को हार बेहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्