
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानविन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाले संसद बहिस्कार गर्ने बताउनुभएको हो । उहाँले सरकारले दुई तिहाईको आडमा सदन चलाउन खोजिएको भन्दै आपीत्त पनि जनाउनुभयो ।
सांसद सिंहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी समेत संलग्न रहेको आरोप समेत लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्