Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


बाफिया विधेयकलाई छिटो टुंग्याउन अर्थ समितिलाई अर्थमन्त्रीको आग्रह


689
Shares

काठमाडौं । अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा अर्थमन्त्री पौडेलले छिटो भन्दैमा आवश्यक छलफल नै नगरी पास गर्ने भन्ने आशय आफ्नो नभएको भन्दै पर्याप्त छलफल गरेर चाँडो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार अर्थ समितिलाई बाफिया विधेयकलाई अघि बढाउने सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ त्यसका लागि सहयोग गर्न तयार छ ।

उल्लेख्य स्वामित्व भएको व्यक्तिले ऋण लिन नपाउने व्यवस्था राख्न हुँदैन भन्ने धारणा देखिएको भन्दै अर्थमन्त्रीले यसमा छलफल गरेर निर्णयमा पुग्नुपर्ने उहाँको भनाइ छ । बैंकिङ प्रणालीलाई डिजिटलाइजेसन गर्नुपर्ने उहाँको भनाई छ ।

Skip This