
काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढ्दै गएको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै कार्यकारी निर्देशक जोशीले अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले सोलो ट्राभल डेस्टिनेशन पनि अत्याधिक बढिरहेकाले यो ट्रेनलाई समातेर बोर्डले आफ्ना कामहरु गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यकारी निर्देशक जोशीले पर्यटनसँगै प्रविधिको विस्तार गर्न पनि जरुरी रहेको बताउनुभयो । उहाँले हिमाल, धार्मिक क्षेत्रहरुमा पर्यटन प्रवद्र्धनमा जोड दिनेगरी योजनाहरु अघि बढाइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्