२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सिटी इन्डोर क्रिकेट असारको अन्तिम सातामा हुने


182
Shares

काठमाडौं । सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असारको अन्त्यमा हुने भएको छ ।

नेक्सोभा स्पोट्र्स प्रालिको आयोजनामा २९ देखि ३२ गतेसम्म हुने भएको हो ।

उक्त प्रतियोगिताका खेलहरू बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रहेको रोयल स्पोट्र्स पार्कमा उक्त हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

यस प्रतियोगितामा कुल १६ क्लबको सहभागिता रहने आयोजकले बताएको छ । यी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहका शिर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

सिटी सिपको सहयोगमा नेक्सोभा स्पोट्र्सले इन्डोर क्रिकेटको प्रवर्धन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गर्न लागेको हो । क्रिकेटलाई शहरी जीवनशैलीसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।

यस इन्डोर क्रिकेट मनसुनमा पनि खेल्न मिल्ने भएकाले यसले राजधानीमा क्रिकेटको माहोललाई जीवितै राख्ने आयोजकले उल्लेख गर्यो । प्रतियोगिताका लागि खुला रूपमा खेलाडी दर्ता गर्न पाउने भएका छन् । यस प्रतियोगितामा घरेलुदेखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीले प्रतिष्पर्धा गर्न पाउनेछन् ।

विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी र मेडल पाउनेछन् । प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’लाई विशेष पुरस्कार प्रदान गरिनेछ । विधागततर्फका उत्कृष्ट खेलाडीको हकमा भने आयोजकले पुरस्कार राशिताकेको छैन ।