२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक छैन : सांसद भुसाल


169
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले अगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक नरहेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले यस्तो बताउनुभएको हो । उहाँले अगामी आर्थिक वर्षको विनियोजन समेत मन्त्रालयगत र क्षेत्रगत हिसाबले सन्तुलित नरहेको टिप्पणी गर्नुभयो । अगामी आर्थिक वर्षको बजेट विनियोजन किसानमैत्री नभएको समेत उहाँको भनाइ छ ।

सांसद भुसालले २०२८ सालदेखि सधैं घाटाको बजेट आइरहेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने बताउनुभयो ।

कुल गार्हस्थ्य उत्पादनको मुख्य संवाहक कृषि भनिएपनि बजेटमा उपेक्षा गरिएको भन्दै आपत्ति जनाउनुभयो ।