१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


विद्यालय शिक्षा विधेयक – एसईई प्रदेशमा, जिल्लामा शिक्षा समन्वय ईकाइ राख्ने सहमति


4.16k
Shares

काठमाडौं । अब माध्यमिक शिक्षा परिक्षा (एसईई) प्रदेस्तरबाटै सञ्चालन हुने भएको छ ।

शनिबार सिंहदरबमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा एसईई यथावत राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति जुटाएको हो । संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परिक्षा नराख्नेगरी प्रतिवेदन बुझाएको भएपनि शनिबारको समितिको बैठकले यस्तो सहमति जुटाएको हो ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारको तर्फबाट यस्तो प्रश्ताव अघि सार्नुभएको थियो । मन्त्री पन्तले कुनैपनि तहले कुनै न कुनै परिक्षा लिइरहेकै कारण संविधानको भावनाअनुरुप एसईई सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिनुपर्ने प्रश्ताव राख्नुभयो । उहाँले विद्यालय शिक्षाको गुणस्तर उकास्नका लागि पनि एसईई परिक्षा प्रदेशस्तरलाई सञ्चालन दिनुपर्ने बताउनुभयो ।

उक्त विधेयक पारित भएपछि एसईई परीक्षा राष्ट्रिय बोर्डको समन्वयमा प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन हुने व्यवस्था लागू गर्ने सहमित भएको हो । शनिवारको समितिको बैठकले जिल्लामा शिक्षा समन्वय इकाई राख्ने पनि सहमति गरेको छ । संविधानको मर्मविपरित नजानेगरी जिल्लामा शिक्षा समन्वय ईकाइ राख्ने समिति सभापति अम्मरबहदुर थापाले राख्नुभएको प्रश्तावमा सांसदहरुले टेबल बजाएर सहमति जनाए ।

विद्यालय शिक्षा विधेयकलाई समितिले पारित गरेपछि संसदमा पठाउनेछ । संसदबाट पारित भएपछि सहमति भएको व्यवस्थाहरु कार्यान्वयनमा जानेछन् । विधेयकलाई अन्तिम रुप दिनेगरी समितिको अर्को बैठक आईतवारका लागि बोलाइएको छ ।