९ असार २०८२, सोमबार | Tue Jun 24 2025


शेयर बजारमा सामान्य वृद्धि


247
Shares

काठमाडौं । चार दिनको गिरावटपछि शेयर बजार सोमबार सामान्य अंकले बढेको छ ।

दिनभरको उतार चढावबीच सोमबार बजार परिसूचक नेप्से ४ दशमलव ७८ अंक बढेर २६०० माथि पुगेको छ ।

बजार परिसूचक बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । नेप्समो रहेका १३ वटा उपसमूह मध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ वटा उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव २० प्रतिशत बढेको छ ।

विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ । १२३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२४ वटाको भने घटेको छ । जोशी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुराँस लघुवित्तको शेयर मूल्यमा भने उल्टो सर्किट लागेको छ ।

सोमबार दिनभरमा ३२५ वटा स्टकको एक करोड ७५ लाख ८७ हजार कित्ता शेयर ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमा आधारमा राधी विद्युत कम्पनीको सर्वाधिक ५२ करोड १८ लाख ५९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।