
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताउनुभएको छ ।
शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताउनुभयो । उहाँले अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता नभएको बताउनुभयो । प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको उहाँको जिकिर छ । राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्ने बताउनुभयो । आफू संघीय प्रणालीको विरोधी नभइ संघीयता नेपालमा सम्भव नरहको स्पष्ट पार्नुभयो ।
सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्